site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशमा अलपत्र नेपाली कामदारलाई आश्रयस्थलको व्यवस्था छ : श्रममन्त्री भण्डारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारका लागि ओमान, कुवेत, साउदी अरेबिया र बहराइनमा विशेष आश्रयस्थलको व्यवस्था गरिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारका लागि सबै प्रकारका श्रम स्वीकृति दिने व्यवस्था प्रदेशस्तरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुबाट मिलाइएको जानकारी समेत दिए ।

नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यलाई बेलायत पठाउने समझदारीअनुसार त्यसको छनोट प्रक्रियालाई अघि बढाइएको पनि उनले बताए ।

“नेपाल सरकार र बेलायत सरकारबीच सम्पन्न श्रम समझदारीअनुसार बेलायतमा नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यहरुलाई पठाउनेसम्बन्धी छनोट कार्यलाई व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउन समझदारीको कार्यान्वयन ढाँचा मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ,” उनले भने ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारमा रहेकाहरुलाई त्यहाँस्थित नेपाली नियोगबाट श्रम स्वीकृति नवीकरण गर्न सक्ने व्यवस्था पनि गरिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro