site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विवादित नक्साबारे भारतको धारणा आइसक्यो, 'आदिपुरुष'मा तथ्यगत त्रुटि छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतको संसद् भवनमा नेपाली भूमि समेटिएको नक्सा राखिएको सम्बन्धमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नेपाली राजदूतावासलाई निर्देशन दिएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री साउदले विवादित नक्साबारे भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित नेपाली राजदूतलाई निर्देशन दिसकिएको बताए ।

भारतका विदेशमन्त्रीले समेत नक्सा राजनीतिक विषय नभएको बताइसकेको उनको भनाइ छ ।

उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र अन्तर्राष्ट्रिय सीमामा कुनै आँच आउन नदिन र नेपालको एक इन्च जमिनपनि अतिक्रमण हुन नदिन सरकार प्रतिबद्ध रहेको पनि बताए । 

मन्त्री साउदले भारतीय चलचित्र 'आदिपुरुष'मा देवी सीताको बारेमा प्रयोग भएको संवादमा तथ्यगत त्रुटि देखिएको भन्दै यस्तो हुनु उचित नभएको बताए । उनले सीता नेपालकी छोरी भएको तथ्य सर्वमान्य भएको र भारतमा समेत यो विषय निर्विवाद भएको बताए । 

मन्त्री साउदले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको कुरामा सरकार दृढ रहेको पनि बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro