site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिले नै थियो ७५० आप्रवासी चढेको डुंगा डुब्ने आशंका
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । लिबियाको पूर्व भूमध्यसागरको तटमा रहेको बन्दरगाह सहर तोब्रुकबाट जुन ८ मा ७५० आप्रवासी बोकेको माछा मार्ने डुंगा ग्रिसको यात्रामा छुटेको थियो । तर, १४ जुनमा यो डुंगा दुर्घटनामा पर्याे, जुन भूमध्यसागरको सबैभन्दा त्रासदिपूर्ण जहाज दुर्घटना हुन पुगेको छ । लिबियाबाट चढेका आप्रवासीमध्ये १०४ जनामात्रै ग्रिस पुगे ।

डुंगा चढेर युरोप पुग्ने सपना बोक्नेमध्ये एक थिए– थायर खालिद अल रहल । सिरियाली युद्धबाट ज्यान जोगाउन भागेका थायर खालिद अल रहलको परिवार एक दशकदेखि जोर्डन शरणार्थी शिविरमा बस्दै आएको थियो ।

गत वर्ष चार वर्षीय छोरालाई ल्युकेमिया देखिएपछि संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीले कुनै उपचार खर्च नदिएपछि र कतै बसोबासको व्यवस्था समेत नगरेपछि उनी छोराको ज्यान जोगाउन युरोप छिर्नुपर्ने भयो ।

इजिप्टबाट २७ वर्षीय मोहम्मद अब्देलनासरले सिकर्मीको कामले आफ्नी श्रीमती र दुई छोरालाई पाल्न नसकेपछि युरोपको यात्रा थालेका थिए ।

४२ वर्षीय मतलूब हुसैनको ग्रिक रेसिडेन्सी नवीकरण नहुँदा उनलाई पाकिस्तान फिर्ता पठाइयो । पाकिस्तानमा कुनै आम्दानी नहुँदा आर्थिक संकटको बीच २० जनाको परिवार पाल्न उनी फेरि युरोपको यात्रामा लागेका थिए ।

डुंगामा करिब आधा (३५० भन्दा बढी) पाकिस्तानी र बाँकी अन्य देशका नागरिक थिए । आइबारसम्म ८२ जना मृत फेला परेका छन् भने अन्य भूमध्यसागरमा हराएका छन् । बाँच्न सफल १०४ जनामा ४७ सिरियाली, ४३ इजिप्टियन, १२ पाकिस्तानी र दुई प्यालेस्टिनी नागरिक रहेका छन् ।

आप्रवासीहरुले ग्रिस पुर्याइदिन भनेर तस्करहरूलाई हजारौँ अमेरिकी डलर बुझाएका थिए । लिबियाबाट डुंगा छुट्नुअघि उनीहरुले विजोगपूर्ण अवस्थामा कयौँ दिन पर्खिनुपरेको थियो ।

पहिले नै ग्रिसमा बसिसकेका पाकिस्तानी मतलूब हुसेनले आफ्नो भाइलाई फोन गरेर डुंगाको हालत एकदमै खराब रहेको बताएका थिए । उनले मानिसहरुलाई डुंगामा गाईवस्तुजस्तै खाँदेर हालेको भनेका थिए ।

जुन १४ मा डुंगा पल्टिएकै बेला उता अर्बपतिहरु उत्तरी एट्लान्टिकमा टाइटानिकको भग्नावशेष नजिकै यात्राको तयारीमा थिए । पाँचजना चढेको उनीहरुको पनडुब्बी १८ जुनमा बेपत्ता भएसँगै तत्काल ठूलो खर्च गरी विभिन्न देशले खोज र उद्धार कार्य गरेका थिए ।

तर, ७५० बढी शरणार्थी र आप्रवासीले भरिएको डुंगाका लागि भने त्यस्तो केही भएको थिएन । यसमा सवारमध्ये दर्जनौँ बालबालिका र परिवारको आम्दानीका मुख्य स्रोत थिए । भूमध्यसागरमा विलय भएका यी व्यक्तिहरुको उद्धार प्रक्रियामाथि समेत आशंका गरिएको छ ।

यस्तै, यो घटनाले आप्रवासीप्रति युरोपेलीहरुको दृष्टिकोण र युरोपमा अप्रवासी संकटलाई थप उजागार गरेको समेत भनिएको छ । -द वासिंटन पोस्टबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro