site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीय निजामती सेवा ऐन छिट्टै अघि बढ्छ : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै अघि बढ्ने बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा आफ्नो मन्त्रालयको बजेटमाथि आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री मोदीले संविधानअनुसार प्रशासनलाई अघि बढाउनका लागि संघीय निजामती सेवा ऐन छिट्टै अघि बढ्ने बताए ।

अहिले उक्त ऐन परामर्शका लािग अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा रहेकाले परामर्शसहित प्राप्त भएपछि सदनको चालु अधिवेशनमा नै पेस गर्ने उनले बताए ।

मन्त्री मोदीले संघीय निजामती सेवा ऐनमा देखिएका समस्या समाधानका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको नेतृत्वमा कार्यदलसमेत गठन भएको उल्लेख गरे ।

सुशासन र कर्मचारी व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन पहल भइरहेको, सुगम स्थानमा मात्रै बस्ने र दुर्गममा नजाने कर्मचारीको व्यवस्थापनका लागि एक कार्यदल गठन गरिएको उनले जानकारी दिए ।

मन्त्री मोदीले चालु आर्थिक वर्षमा आफ्नो मन्त्रालयको बजेट घटेर आएकाले मागअनुसार कार्यक्रम तर्जुमा गर्न कठिन भएको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro