site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाको विधान अधिवेशनमा आजबाट समूहगत छलफल
फाइल तस्बिर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशनमा आजबाट समूहगत छलफल हुने भएको छ । 

काठमाडौंको प्रज्ञा भवनमा आइतबारबाट सुरु अधिवेशनको पहिलो दिन अयक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधान मस्यौदामा आजबाट समूहगत छलफल हुन लागेको हो ।

Argakhachi Cement Island Ad

विधान मस्यौदामाथि छलफलका लागि १० वटा समूह बनाइएको छ । 

यसैबीच, विधानको प्रस्तावित मस्यौदामा १५१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिएको छ । जसमा राष्ट्रिय महाधिवेशनले अध्यक्ष–एक, सहअध्यक्ष– एक, उपाध्यक्ष– तीन, महासचिव– एक, उपमहासचिव– तीन, सचिव– तीन र कोषाध्यक्ष– एक गरी १३ सदस्यीय पदाधिकारी चयन गर्ने उल्लेख छ ।

पदाधिकारी तथा सदस्यहरूको निर्वाचन गर्दा तीनजना निर्वाचित हुने पदमा एकजना महिलासहित सामाजिक समूहहरूको समावेशी हुनुपर्ने व्यवस्था गरिएको छ ।

जसपामा ७० वर्षे उमेरहदको प्रस्ताव, दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्