site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
जसपामा ७० वर्षे उमेरहदको प्रस्ताव, दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने
SkywellSkywell

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन आजदेखि सुरु हुँदै छ । कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो १ बजेटदेखि सुरु हुने अधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले पार्टी विधानको मस्यौदा प्रस्तुत गर्दै छन् । प्रस्तावित मस्यौदा अधिवेशनले पारित गर्ने बताइएको छ ।

विधानको प्रस्तावित मस्यौदामा १५१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिएको छ । जसमा राष्ट्रिय महाधिवेशनले अध्यक्ष–एक, सहअध्यक्ष– एक, उपाध्यक्ष– तीन, महासचिव– एक, उपमहासचिव– तीन, सचिव– तीन र कोषाध्यक्ष– एक गरी १३ सदस्यीय पदाधिकारी चयन गर्ने उल्लेख छ ।

पदाधिकारी तथा सदस्यहरूको निर्वाचन गर्दा तीनजना निर्वाचित हुने पदमा एकजना महिलासहित सामाजिक समूहहरूको समावेशी हुनुपर्ने व्यवस्था गरिएको छ ।

KFC Island Ad
NIC Asia

संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित १५ जना सदस्य समेत रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन गरिने बताइएको छ ।

केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एकतिहाइ महिलासहित खस–आर्य, आदिवासी जनजाति, मधेसी, थारू, दलित, मुस्लिम र अल्पसङ्ख्यक समुदायका जातीय÷सामाजिक समूहबाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरू (पदाधिकारीबाहेक) निर्वाचित हुने जनाइएको छ ।

यसरी निर्वाचित गर्दा कम्तिमा ४० प्रतिशत युवा हुनुपर्ने व्यवस्था मस्यौदामा गरिएको छ । केन्द्रीय कमिटीको बैठक ६ महिनामा आयोजना गरिने मस्यौदामा उल्लेख छ ।

निवर्तमान अध्यक्ष वरिष्ठ नेता, नौ सदस्यीय केन्द्रीय सचिवालय

जसपामा निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुने प्रबन्ध गरिएको छ । महाधिवेशनले अन्यथा निर्धारण गरेकोमा बाहेक निजको मर्यादाक्रम अध्यक्ष पछि रहने उल्लेख छ ।

अध्यक्षसहित बढीमा नौ सदस्यीय केन्द्रीय सचिवालय र महासचिवसहित पाँच सदस्यीय केन्द्रीय कार्यालय समिति गठन गरिने बताइएको छ ।

७० वर्षे उमेरहद

जसपाको विधानमा उमेर हदको प्रस्ताव गरिएको छ । जसमा ७० वर्ष उमेर भएका व्यक्ति पदाधिकारी बन्न नपाइने प्र्रस्ताव गरिएको छ ।

धारा ८६ मा भनिएको छ, “७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन पाउने छैन ।”

त्यस्तै, एउटै पदमा दुईपटकभन्दा बढी दोहोरिन नपाउने व्यवस्था गरिएको छ ।

“पार्टीको निर्वाचित जिल्ला समिति, प्रदेश÷राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्षभन्दा बढी कार्य पूरा गरी सकेको भए सोही पदका लागि पुनः उमेदवार हुन पाउने छैन,” विधानको मस्यौदामा भनिएको छ ।

२७ केन्द्रीय विभाग

पार्टी केन्द्रमा २७ विभाग रहनेछन् । विधानको मस्यौदामा २७ विभागको प्रस्ताव गरिएको छ । केन्द्रीय समितिले केन्द्रीय सदस्यमध्येबाट केन्द्रीय विभाग प्रमुख र उपप्रमुख चयन गर्नेछ । प्रत्येक विभागमा २१ जनासम्म सदस्य रहने जनाइएको छ ।

यी हुन् विभाग

१) संगठन विभाग 
२) पार्टी स्कुल तथा प्रशिक्षण विभाग 
३) अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
४) प्रचार प्रसार तथा प्रकाशन विभाग 
५) सूचना, सञ्चार तथा प्रविधि विभाग 
६) आर्थिक विभाग 
७) महिला विभाग 
८ ) युवा, विद्यार्थी तथा खेलकुद विभाग 
९) बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभाग 
१०) संसदीय विभाग 
११) संघीय मामिला तथा स्थानीय तह विभाग
१२ ) राज्यव्यवस्था तथा सुशासन विभाग 
१३) अर्थनीति तथा योजना विभाग 
१४) कानुन विभाग 
१५) सांस्कृतिक विभाग 
१६) कृषि तथा भूमि व्यवस्था विभाग 
१७) उद्योग, वाणिज्य तथा आपूर्ति विभाग 
१८) जलस्रोत तथा ऊर्जा विभाग 
१९) शिक्षा विभाग 
२०) स्वास्थ्य तथा जनसंख्या विभाग 
२१) सहकारी तथा गरिबी निवारण विभाग 
२२) श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभाग 
२३) वन, वातावरण तथा विपद् व्यवस्थापन विभाग 
२४) पर्यटन तथा नागरिक उड्डयन विभाग 
२५) पूर्वाधार विकास विभाग 
२६) उपभोक्ता हित संरक्षण विभाग 
२७) सामाजिक सेवा तथा गैरसरकारी संस्था विभाग ।

यस्तो छ विधान मस्यौदा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro