site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्छ : ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् । 

आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण कार्यक्रममा ओलीले नेकपा विभाजनका कारणहरूको यथार्थ विश्लेषण गरे भविष्यलाई राम्रो हुने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

"अढाइ वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरू के थिए ? उद्देश्यहरू के थिए ? किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरू अलिकति आउनुपर्छ," ओलीले भने ।

उनले नेकपा विभाजन हुनुको कारण 'स्वचालित थियो वा परिचालित के थियो ?' त्यसको विश्लेषण जरुरी रहेको बताए ।

Global Ime bank

"विभाजन भयो भन्ने मात्रै कुरा भन्दा अलि त्यसलाई किन र कसरी ? केका लागि विभाजन भयो ? के उद्देश्य थियो ? त्यसमा आन्तरिक कारण कति थियो ? बाह्य कारण कति थियो ? स्वचालित कति थियो ? परिचालित कति थियो ?," ओलीले भने । 

अध्यक्ष ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण आन्दोलनको हितका लागि राम्रो हुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement