site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोरङमा भोलिदेखि नयाँ नागरिकता वितरण, चाहिन्छ यी कागजात
Sarbottam CementSarbottam Cement

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका बाबुआमाका सन्तानलाई सोमबार (भोलि)देखि वंशजको नागरिकता दिने भएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता शरदकुमार पोखरेलले भोलिदेखि त्यस्तो नागरिकता वितरण गर्ने तयारी गरिएको जानकारी दिए ।

उनले भने, “आजैबाट लिन कतिपयले टेलिफोन गरी बुझ्ने र निवेदन ल्याउने भन्नुभएको छ । हामीले सबै व्यवस्थापन मिलाएपछि सोमबारबाट दिने तयारी गरेका छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

नागरिकता लिन चाहिने कागजात र सिफारिसबारे वडाहरूलाई परिपत्र गरी जानकारी गराइएको उनले बताए ।

मोरङमा जन्मका आधारमा नागरिकता लिनेको संख्या ३५ हजार हाराहारी रहेको उनले उल्लेख गरे । करिब ७० हजारसम्म वंशजको नागरिकताका लागि आवेदन ल्याइने अनुमान गरिएको पोखरेलको भनाइ छ ।

Global Ime bank

जिल्ला प्रशासन कार्यालय मोरङमा चार अधिकृतको दरबन्दी रहेकामा हाल दुईजना कार्यरत छन् । कार्यालयले थप अधिकृत पठाइदिन केन्द्रलाई आग्रह गरेको सहायक प्रजिअ पोखरेलले बताए । प्रशासनमा जम्मा ४० कर्मचारीको दरबन्दी छ ।

“दैनिक ठूलो संख्यामा आवेदन आई नगारिकता माग हुुँदा मौजुदा कर्मचारीबाट सम्भव नभएकोले माथि माग गरेका हौँ । नागरिकता लिनेहरूले राष्ट्रिय परिचयपत्र र राहदानी लिन समेत आवेदन दिने सम्भावना रहेकोले केही दिन चाप पर्ने देखिन्छ,” उनले भने, “त्यसैले जन्मका आधारमा नागरकिता लिएका बुवाआमाका सन्तानलाई नयाँ नागरिकता दिन छुट्टै कोठाको प्रबन्ध गरेका छौँ ।”

जिल्ला प्रशासन कार्यालय मोरङबाट अहिले दैनिक १५० सम्म नयाँ र प्रतिलिपि नागरिकता दिने गरिएको छ । नयाँ सरदर त्यति नै संख्यामा मात्र दिन सक्ने अवस्था रहेको कार्यालयले जनाएको छ ।

रंगेली र उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयमा नयाँ नागरिकता लिन निवेदन पर्न सुरु गरेको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । “केही दिन अधिक चाप पर्ने देखिएको छ, हामी कर्मचारीको व्यवस्थापन गरिरहेका छौँ,” उनले भने ।

नागरिकता लिन चाहिने कागजात 
सोअनुसार वंशजको नागरिकता प्राप्त गर्न वडाबाट सिफारिस लिनुपर्छ । बसाइँ सरी आएको हकमा बसाइँसराइ दर्ता प्रमाणपत्र, स्थानीय बसोबास प्रमाणित पारिवारिक विवरण, बाबु र आमाको सक्कल नागरिकता र सोको प्रतिलिपि, सक्कल जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र/नाबालक परिचयपत्र, बाबुआमा र सन्तानबीचको फोटोसहितको सक्कल नाता प्रमाणित, २०६३ सालको टोलीमा नाबालक दर्ता गराएको भए सोको निस्सा, बाबु र आमाबीचको विवाह दर्ता प्रमाणितपत्र/मतदाता परिचयपत्र, बाबुआमाको मृत्यु भइसकेको भए मृत्यु दर्ता प्रमाणपत्र, कुनै उद्योग, पेसा वा व्यवसाय गरी बसेको भए सोको प्रमाण, जग्गाधनी प्रमाणपुर्जा वा स्थायी बसोबास सिफारिस वा व्यवसाय दर्ता प्रमाणपत्र, स्वघोषण र अन्य प्रचलित ऐन-कानुनबमोजिम हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

adfgm1687684978.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement