site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक लाख ४२ हजारले आफैँ सेयर खरिद–बिक्री गर्दैनन्

काठमाडौं । धितोपत्र दोस्रो बजारमा कारोबार गर्न ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)  लिनेको संख्या बढ्दै गएको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार जेठसम्म टीएमएस लिनेको संख्या १९ लाख २६ हजार पुगेको छ । तर, टीएमएस लिनेमध्ये एक लाख ४२ हजारले भने आफै सेयर कारोबार गर्दैनन् । 

उनीहरूले ब्रोकरलाई नै आफ्नो सेयर खरिद र बिक्री गर्न निर्देशन दिने गरेका छन् । बाँकी १६ लाख ८४ हजारले भने अनलाइनबाट आफै सेयर खरिद–बिक्री गर्ने गरेका छन् ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार दोस्रो बजारमा कारोबार गर्न टीएमएस लिनेहरू सबैले कारोबार भने गर्दैनन् । 

कारोबार बढेको बेलामा मात्र सदाको भन्दा बढीले कारोबार गर्ने गरेका छन् । कारोबारको समयमा हाल २५ देखि ३० हजारसम्मले लगइन गरेर बसेका हुन्छन् । यसरी लगइन गर्ने सबैले कारोबार गरेकै हुन्छन् भन्ने हुँदैन । 

“दोस्रो बजारमा कारोबार गर्न टीएमएस लिने सबैले कारोबार गर्दैनन् । बजार बढेको बेला मात्र बढी सक्रिय हुने गरेका छन्,” उनले भने, “अहिले पनि दैनिक ३० हजारले कारोबार गरेको देखिन्छ । उनीहरूले बजारलाई वाच गरेर बसेका हुन्छन् ।”

त्यस्तै, सेयर जम्मा गर्न खोलिने डिम्याट खाताको संख्या ५७ लाख १८ हजार १८९ पुगेको सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले जानकारी दिएको छ । त्यसैगरी अनलाइनबाट प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिन मेरो सेयर खाता ४७ लाख ९१ हजार ८८० जनाले खोलिसकेका छन् ।

डिम्याट खाता खोल्नेको संख्या बढे पनि आईपीओमा आवेदन दिने भने कम छन् । भर्खरै आईपीओ निष्कासन गरेको थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म १० लाख ९२ हजारले आवेदन दिएका थिए ।  नेपाल धितोपत्र बोर्डका अनुसार हालसम्म सबैभन्दा बढी आईपीओमा आवेदन दिनेको संख्या २७ लाख ३० हजार थियो । त्यसयता आईपीओमा आवेदन दिनेको संख्या घट्दै गएको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro