site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालेनविरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी दर्ता
फाइल तस्बिर।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाबाट दर्ता भएको उक्त मुद्दा न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुँदै छ ।

शुक्रबार अधिवक्ता झाले सर्वोच्चमा बालेनविरुद्द अदालतको अवहेलनाको निवेदन दर्ता गराएकी थिइन् । उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत् आफूले आदेश नमान्ने बताएका थिए ।

“जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन,” उनले समाजिक सञ्जालमा लेखेका थिए ।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् । जसमाथि आजै प्रारम्भिक सुनुवाइ हुनेछ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro