अर्थ व्यवसाय
16138872711681016527.jpg)
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ ।
आज सुन तोलामा एक लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलामा एक लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । आज तोलामा एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० १०:४६
प्रतिक्रिया दिनुहोस्