काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीका नेतामाथि भ्रम छर्ने काम भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा धादिङ–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि काम नगर्ने र कुरामात्रै गर्ने भनेर आफू र पार्टीका नेतामाथि भ्रम छर्ने काम भइरहेको बताएका हुन् ।
उनले आफू र पार्टीले विभिन्न समयमा धेरै काम गरेको भन्दै ०८४ को निर्वाचनमा एक/एक हिसाव लिएर जनतामाझ जाने बताए । नागरिकका मुद्दामा खरो उपस्थिति आफैँमा गहन कुरा भएकाले पाँच वर्षको हिसाव व्याजसहित जनतालाई देखाउने उनको भनाइ छ । उनले संस्थागत रुपमा नै भिन्न ढंगले नयाँलाई भिडाउने कामले कसैलाई फाइदा नहुने धारणा राखे ।
नयाँ राजनीतिक दलका रूपमा आएका र पुराना दलमा राम्रा काम गरिरहेका नेताहरुमाथि आफूहरूको कुनै लडाईं नरहेको उनले स्पष्ट पारे ।