site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टस हारेपछि नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा नेपाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको आफ्नो चौथो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ ।

ताकासिंगा स्पोर्ट्स क्लबमा हुने खेलका लागि भएको टस जितेपछि नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डसले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

छनोटको सुपर सिक्समा पुग्न आज नेपाललाई जित्नैपर्ने दबाब छ । आजको खेलमा जित निकाले पनि नेपाललाई अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग हार्नुपर्ने समीकरण आवश्यक हुन्छ ।

जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स, श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement