site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार अलमलमा पर्‍यो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकार सत्ता टिकाउन केन्द्रित भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयको विनियोजित शीर्षकमाथिको छलफलका क्रममा लामिछानेले सरकार अलमलमा परेको आभाष भएको बताए ।

उनले सरकार जनतालाई राहत दिने, मुलुकको महत्त्वपूर्ण मुद्दामा केन्द्रित हुने भन्दा पनि सत्ता टिकाउन केन्द्रित भएका कारण सरकार अलमलमा परेको आभाष भएको बताए ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि केही पनि नदेखिएको पनि बताए । सीमा समस्या, ईपीजी प्रतिवेदन लगायतमा बोल्न नसके पनि सरकारले नेपाली जनताको भान्सामा जान लागेको विषाधियुक्त तरकारीका विषयमा भने भारतसँग बोल्नुपर्ने बताए । 

उनले विकास र समृद्धिका आधारमा मुलुक अघि बढ्न नसकेको अवस्थामा वर्षमा एकपटक आउने बजेटले पनि जनतामा आशाको सञ्चार जगाउन नसकेको बताए ।

लामिछानेले महत्त्वपूर्ण विषयमा सांसदहरूले सदनमा राखेका विषयमा सकारले सम्बोधन गर्नुपर्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro