site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोरखामा जन्ती सवार जीप दुर्घटना : मृतकको पहिचान खुल्यो
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

दुर्घटनामा परी सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन–४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घटनास्थलमा रहेका गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरूमध्ये तीनजनाको अवस्था गम्भीर रहेको डीएसपी लामिछानेले बताए । उनीहरूलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको छ । अरू घाइतेको आँबुखैरेनीमा उपचार भइरहेको छ ।

सहिद लखन गाउँपालिका–३, चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५, ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जीप गए राति दुर्घटनामा परेको हो ।

Royal Enfield Island Ad

घटनालगत्तै डीएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको थियो । जीप सडकबाट झन्डै २०० मिटर तल खसेको बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro