site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा सांसदले सोधेका प्रश्नको जवाफ दिने भएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले विभिन्न विषयमा सांसदले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन् । 

यसका लागि बिहान ११ बजे संसद् बैठक बलाइएको छ । प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिला नै सांसद्ले टिपाउनु पर्ने प्रावधान रहेको छ । 

यसैबीच, विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथिको जारी छलफल अन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय र राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय शिर्षकमा छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro