site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यथास्थितिमा बजेट पारित गर्न नहुने एकीकृत समाजवादीको निष्कर्ष 

काठमाडौं  । नेकपा (एकीकृत समाजवादी)ले यथास्थितिमा बजेट पारित गर्न नहुने निष्कर्ष निकालेको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि उपाध्यक्ष राजेन्द्र पाण्डेले सबैजसो सांसदहरूले यथास्थितिमा बजेट पारित गर्न नहुने धारणा राखेको बताए ।

अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', अर्थमन्त्री डा. प्रकाशरणमहतसँग बजेट सच्याउने विषयमा छलफल गर्न आग्रह गरिएको उनले जानकारी दिए । 

“यथास्थितिमा यो बजेट पारित गर्नुहुन्न हुन्न भन्ने कुरा सबै साथीहरूले गर्नुभएको छ । अध्यक्षलाई यो विषयलाई लिएर प्रधानमन्त्री, अर्थमन्त्री र गठबन्धनसँग साझा ढंगले बसेर छलफल गर्नुस् भन्ने सुझाव आएको छ,” उनले भने । 

पाण्डेले बजेट सन्तुलित हुनुपर्ने बताए । बजेटको विषयमा फागुन मसान्तभित्रमा सिद्धान्त र प्राथमिकताको विषयमा छलफल हुने कुरा आइरहेको बताए । १६५ निर्वाचित क्षेत्रमा निर्वाचित सबै सांसद बराबर भएको उनको भनाइ छ । 

पाण्डेले बजेट सच्याउने कुराले सत्ता समीकरण नफेरिने दाबीसमेत गरे । 

“यो कारणले समीकरण टुट्दैन । तर, गलत कुरा सच्याउनुपर्छ,” पाण्डे भन्छन्, “गलत बाटो ०८० सालमै सच्याएर जाने । निर्वाचित सांसदले छलफल गरेर ल्याएको प्रतिवेदन बेगर बजेट बन्दैन ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro