site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कालीमाटीमा टमाटर फालेको विषयमा सरकारले थाल्यो छानबिन

काठमाडौं । सरकारले काठमाडौंको कालीमाटीमा टमाटर फालेको विषयमा छानबिन थालेको छ । कृषि तथा पशुपन्क्षी विकासमन्त्री बेदुराम भुसालले कालीमाटीमा टमाटर फाल्ने कार्यमा किसानको सहभागिता नरहेको भन्दै थप छानबिन भइरहेको जानकारी दिए ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री भुसालले टमाटर फाल्ने कार्य राजनीतिक प्रेरित रहेको आफूलाई आशंका रहेको बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

किसानबाट न्यून मूल्यमा तरकारी खरिद गर्ने र उच्च भाउमा बेच्ने प्रवृतिलाई अन्त्य गर्न किसानबाट खरिद गर्ने मूल्य बढाउन र बिक्री मूल्य घटाउन कालीमाटी तरकारी व्यवस्थापन समितिलाई निर्देशन दिएको भोलिपल्ट नै टमाटर फाल्ने काम भएको उनको भनाइ छ । 

असार ३ गते बजार मूल्य नपाएको भन्दै काठमाडौंको कालीमाटी तरकारी बजारस्थित सडकमा गोलभेँडा फ्याँकिएको थियो ।

अर्को प्रसंगमा उनले ७६ जिल्लामा लम्की स्किन रोगको महामारी फैलिएको र यसको उपचार कार्यलाई पनि तीव्रता दिएको जानकारी दिए । उपचारका अन्य विधि अपनाएर पशु चौपायालाई बचाउने काम भएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro