site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तराईमा आज पनि हुस्सु र कुहिरो उस्तै, हवाई सेवा प्रभावित हुने सम्भावना 
फाइल तस्बिर ।

काठमाडौं । तराईका अधिकांश भू–भागमा आज हुस्सु र कुहिरो लागेको छ । बुधबारको जस्तै आज पनि पूर्वी तराईदेखि पश्चिम तराईसम्मका अधिकांश भू–भागका बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । 

यसले सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ । 

विराटनगरमा सबैभन्दा धेरै हुस्सु र कुहिरो लागेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार विराटनगरका बिहान आठ सय मिटर भिजिविलिटी छ । 

“धनगढीमा १२ सय मिटर, भैरहवामा दुई हजार मिटर भिजिविलिटी छ,” मौसमविद् कँडेलले बाह्रखरीसँग भनिन् । 

दुई हजार मिटरभन्दा कम भिजिविलिटी भएका ठाउँमा हवाई सेवा प्रभावित हुने उनको भनाइ छ । दुई हजार मिटरभन्दा कम भिजिविलिटीमा विमान उडान तथा अवतरण हुन सक्दैनन् । 

काठमाडौंमा आज बिहानको भिजिविलिटी ६ किलोमिटर छ । सूर्य उदाएपछि हुस्सु र कुहिरो केही कम हुने उनको भनाइ छ । 

“भोलिबाट हुस्सु र कुहिरो केही कम हुने सम्भावना छ,” मौसमविद् कँडेल भन्छिन्, “आजभन्दा भोलिबाट केही खुल्ने देखिन्छ ।” 

न्यून भिजिविलिटी हुँदा बुधबार देशका केही स्थानमा हवाईसँगै सडक यातायात समेत प्रभावित भएको थियो । बुधबार तराईका धैरै स्थानमा एक हजार मिटरभन्दा कम भिजिविलिटी रहेको थियो । जसका कारण सडक पानीले चिसो हुँदा गाडी चिप्लिने भएकाले सवारी चल्न सकेका थिएनन् । 

एक हजारभन्दा कम भिजिविलिटी भए कुहिरो र एक हजारदेखि माथि पाँच हजारसम्म फग भए त्यसलाई हुस्सु भन्ने गरिएको छ । 

यसैबीच, काठमाडौंमा आज चिसो बढेको छ । बुधबारको तुलनामा काठमाडौंमा आज तापक्रम घटेको हो । 

मौसमविद् कँडेलका अनुसार आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १७ देखि १९ पुग्ने पूर्वानुमान छ । 

हिजो बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन गरिएको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ०६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro