site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालविरुद्ध कप्तान साई होपको शतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध वेस्ट इन्डिजका कप्तान साई होपले शतक बनाएका छन् ।

जिम्बाब्वेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजबाट होपले १०७ बलमा सात चौका र दुई छक्कासहित १०० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा होपको यो १५औं शतक हो ।

९-२ को नाजुक अवस्थामा ब्याटिङका लागि आएका होपले निकालेस पुरनसँग चौथो विकेटका लागि १८६ रनको उत्कृष्ट साझेदारी गर्दै वेस्ट इन्डिजलाई २३६-३ को बलियो अवस्थामा ल्याएका छन् ।

होपसँगै वेस्ट इन्डिजबाट ब्याटिङमा जमिरहेका पुरनले ९६ रन बनाएका छन् । होपले यसअघि तेस्रो विकेटका लागि पनि जोन्सन चाल्र्ससँग ४६ रनको साझेदारी गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्