site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा एमालेद्वारा संसद् बैठक अवरुद्ध
Tiktok banner adTiktok banner ad

पोखरा । गण्डकी प्रदेशसभाको बैठक एमालेले अवरुद्ध गरेको छ । सोमबार प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश हुनु अगाडि नै एमालेका सांसदहरुले उठेर विरोध जनाएका छन् । 

आइतबारदेखि सुरु भएको बजेटमाथिको छलफललाई निरन्तरता दिने कार्यसूची थियो ।

गण्डकी प्रदेशसभा एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले असार १ गते ल्याएको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटमा रकम फरक परेको बताए । बजेट वक्तव्यभन्दा स्थानीय तहमा जाने बजेट कम भएको र यो गम्भीर लापरबाही रहेको एमालेको ठहर छ ।

विभिन्न चारवटा अनुदानका शिर्षकमा स्थानीय तहलाई २ अर्ब २८ करोड १० लाख वितरण गर्ने भनिए पनि बजेट वक्तव्यमा भने २ अर्ब १० करोड ५० लाख मात्र उल्लेख भएको उनले बताए ।

“२७ करोड रकम फरक परेको छ, वास्तविक अंक कुन हो ? उनले प्रश्न गरे । सँगै वार्षिक विकास कार्यक्रम आफूहरुले नपाएको तर सत्तानिकट कार्यकर्ताले पाएको भन्दै बजेट कसले बनाएको हो भन्दै उनले प्रश्न उनले गरे ।

बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro