site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीका सांसदहरूको चेतावनी– बजेट नसच्याए सरकार भत्काउँछौँ

काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले बजेट विनियोजनको विषयमा रोष प्रकट गरेका छन् । आज अध्यक्ष माधव कुमार नेपालसँगको छलफलमा सांसदहरूले बजेटको असन्तुलन नसच्याएसम्म मतदान नगर्ने चेतावनी दिएका हुन् । 

पार्टी उपाध्यक्षसमेत रहेका राजेन्द्र पाण्डेले अध्यक्षलाई बजेटका पक्षमा भोट नहाल्ने जानकारी गराएको बताए । 

“अध्यक्षलाई बजेटको असन्तुलन समाधन नभएसम्म भोट हाल्दैनौँ भनेका छौँ,” उनले  भने, “भोट हाल्नुको कुनै अर्थ छैन । दुई–चार वटा निर्वाचन क्षेत्र, तीन–चार जिल्लामा बजेट हाल्ने सरकारको अर्थ पनि छैन ।”

सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र अर्थमन्त्री प्रकाशशरण महतलाई पनि आफूहरूको मागलाई बेवास्ता नगर्न चेतावनी दिएका छन् । उनीहरूले आफूहरू पार्टी विभाजन गरेर आएको भन्दै सरकार भत्काउन ठूलो कुरो नभएको समेत बताएका छन् । 

“हामी आफैँले बनाएको पार्टी भत्काएर आएकाहरूले सरकार भत्काउन कुन ठूलो कुरा हो र ? हामीले बोलेको मात्रै नठानियोस्,” सांसदहरूको चेतावनी छ । 

सांसदहरूले असन्तुष्टि व्यक्त गरेपछि अध्यक्ष नेपालले संसदीय दलको बैठक आह्वान गरेका छन् । आज पनि छलफल भएको र बैठक भोलि दिउँसो २ बजे बस्ने पाण्डेले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro