site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
राष्ट्रिय डाटा सेन्टरसँग एक दिन पनि धान्ने ‘पावर ब्याकअप’ छैन
SkywellSkywell

काठमाडौं । मंगलबार बेलुका करिब साढे ७ बजेपछि केही समय लगभग सबैजसो सरकारी वेबसाइट अवरुद्ध बने । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार डाटा सेन्टर सञ्चालनका लागि सबैभन्दा महत्त्वपूर्ण विद्युत आपूर्तिमा समस्या हुँदा सरकरी वेबसाइटहरू डाउन भएका थिए ।

सबैजसो सरकारी वेबसाइटहरू सूचना प्रविधि केन्द्रअन्तर्गतको सरकारी एकीकृत डाटा सेन्टरमा होस्ट भएका छन् । त्यसैले त्यहाँ कुनै पनि समस्या हुँदा सबै सरकारी वेबसाइट डाउन हुन्छन् ।

एक दिन धान्ने पावर ब्याकअप छैन

Dabur Nepal
NIC Asia

डाटा सेन्टरमा प्रयोग हुने हरेक पूर्वाधार र आवश्यक कुराहरू सबैको ब्याकअप हुनुपर्छ । मंगलबार दिउँसो करिब साढे १ बजे नेपाल विद्युत प्राधिकरणको सिंहदरबार स्थित के३ सबस्टेसनको ट्रान्सफरमर पड्किएको थियो । 

विद्युत आउने–जाने भइरहँदा डाटा सेन्टरले भने बिहानैदेखि नै जेनेरेटर चलाएर सेवा सञ्चालनमा राखेको थियो । एउटै जेनेरेटर हुँदा त्यो पनि बढी तातेपछि विद्युत आपूर्ति ठप्प भएको हो ।

सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेल डाटा सेन्टरमा विद्युत आपूर्तिको पर्याप्त ब्याकअप नरहेको बताउँछन् ।

उनका अनुसार डाटा सेन्टरमा अहिले विद्युत आपूर्तिको समस्या भएमा ब्याकअपका रूपमा एकहजार किलोभोल्टको जेनेरेटर रहेको छ । अर्को ५०० किलोभोल्टको जेनेरेटर भए पनि त्यसले पूरै डाटा सेन्टरको प्रणाली धान्न सक्दैन ।

‟विद्युत आपूर्ति नभएपछि १०–१२ घण्टा जेनेरेटर चलायौँ । त्यसपछि जेनेरेटर पनि ओभरहिट हुने अवस्था भएपछि एक छिन बन्द गर्नुपर्ने स्थिति आयो र डेढ दुई घण्टा सेवा अवरुद्ध भयो,” केन्द्रका कार्यकारी निर्देशक पौडेलले भने ।

डाटा सेन्टरमा जेनेरेटरको समेत ब्याकअप हुनुपर्छ । एकहजार किलोभोल्टको एउटा मात्रै जेनेरेटर भएका कारण, ब्याकअपका लागि अर्को नहुँदा मंगलबार सेवा अवरुद्ध भएको सूचना प्रविधि केन्द्रको भनाइ छ ।

यसको अर्थ २४ घण्टाका लागि विद्युत आपूर्ति बन्द भएको अवस्थामा त्यस अवधिको विद्युत आपूर्ति धान्ने क्षमता डाटा सेन्टरमा छैन ।

केन्द्रमा डिजेलको ट्याङ्की पनि एउटा तीनहजार लिटर र एउटा पाँच हजार गरी कुल आठ हजार लिटरको मात्रै छ ।

‟डाटा सेन्टरमा भएसम्म कम्तीमा ६ दिनका लागि विद्युत नभए पनि सञ्चालन गर्न सक्ने गरी जेनेरेटर र इन्धनको ब्याकपप हुनुपर्छ,” सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेलले भने, ‟इन्धनको ट्याङ्की करिब ४०–५० हजार लिटरको हुनुपर्छ ।”

विभिन्न देश र कम्पनी एवं संघसंस्थाहरूले आफ्नो क्षमता अनुसार डाटा सेन्टरमा हरेक कुराको उच्चतम ब्याकअप राखेका हुन्छन् ।

नेपालमा डाटा सेन्टरका लागि जेनेरेटर खरिद गर्न खोज्दा र इन्धन ट्याङ्की बनाउँदा समेत किन चाहियो भनेर आलोचना भएको डाटा सेन्टरका अधिकारीको गुनासो छ ।

नेपालले भारत अमेरिकाजस्ता देश र गुगल, अमेजनजस्ता ठूलो कम्पनीजत्तिको ब्याकअप सिस्टम राख्न नसके पनि आधारभूत ब्याकअप सिस्टम कम्तीमा एक हप्तासम्म हुने गरी राख्नुपर्ने उनको भनाइ छ ।

विद्युत प्राधिकरणले सब्स्टेसनमा आएको समस्या समाधान गर्न बढी समय लगाएका कारण पनि समस्या आएको डाटा सेन्टरको भनाइ छ । प्राधिकरणले पनि सिंहदरबार र डाटा सेन्टर जस्तो महत्त्वपूर्ण ठाउँमा विद्युत आपूर्तिका लागि अत्यावश्यक कुराहरूको ब्याकअप गरेर राख्नुपर्ने अधिकारीहरूको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu