site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल एयरलाइन्सको न्यारोबडी जहाज ‘ग्राउन्डेड’
फाइल तस्बिर ।

काठमाडौं । नेपाल एयरलाइन्सको एउटा न्यारोबडी जहाज ‘ग्राउन्डेड’ भएको छ । प्राविधिक समस्या आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा बुधबार जहाजलाई ग्राउन्डेड गरिएको हो ।

नेपाल एयरलाइन्सको ९एन–एकेएक्स सिरिजको जहाजमा समस्या आएपछि ग्राउन्डेड गरिएको नेपाल एयरलाइन्सका एक कर्मचारीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उक्त जहाज मर्मतका लागि भोलि बिहीबार) भारतको हैदरावाद लैजाने तयारी गरिएको ती कर्मचारीले बताए ।

सोही जहाजमा एक महिनाअघि पनि जहाजमा समस्या आएको थियो ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्