बाह्रखरी फोटो
काठमाडौं । नागरिकताविहीन संघर्ष समितिको अगुवाइमा बुधबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ । नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्नू भन्ने सर्वोच्च अदातलको आदेशविरुद्ध माइतीघरमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले)विरुद्ध नाराबाजी समेत गरेका थिए ।
उनीहरूले ‘नागरिकताविरोधी मुर्दावाद’, ‘सम्मानित सर्वोच्च अदालत हामीलाई न्या दे’, ‘दोहोरो नागरिकता लिनेलाई कारबाही गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । बाबुआमाको नेपाली नागरिकता भए पनि छोराछोरीले नपाएको भन्दै प्रदर्शन गरिएको हो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १५:१४
प्रतिक्रिया दिनुहोस्