site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कपन–बानेश्वर साप्ताहिकले गर्‍यो पुरस्कारको घोषणा 

काठमाडौं । साहित्यिक पत्रिका ‘कपन–बानेश्वर साप्ताहिक’ले यो वर्ष पनि सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

यो वर्ष ‘कबा विशिष्ट सम्मान’ साहित्यकार विमल अर्याललाई प्रदान गरिने निर्णय गरिएको छ । यस्तै, ‘महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार–२०७९’ कवि तथा साहित्यिक पत्रकार मुरारि सिग्देललाई प्रदान गर्ने निर्णय गरिएको पत्रिकाका प्रकाशक÷सम्पादक निबन्ध आचार्यले जानकारी दिए ।

Argakhachi Cement Island Ad

पत्रिकामा प्रकाशित रचनामध्ये ‘नालाङ्ग कबा रचना पुरस्कार–२०७९’ दिवाकरप्रसाद आचार्य र ‘पुष्करप्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार–२०७९’ शान्ति रिसाल, ‘गंगा लिगल कबा रचना पुरस्कार–२०७९’ रमेशचन्द्र घिमिरे र ‘हेमगंगा कबा रचना पुरस्कार–२०७९’ रिलायन्स इन्टरनेसनल एकेडेमी कपनका युगीन नेपाललाई प्रदान गरिने निर्णय गरिएको छ ।

उक्त सम्मान तथा पुरस्कार आउँदो साउन ५ गते पत्रिकाको ११औँ वार्षिकोत्सवका अवसरमा प्रदान गरिने जनाइएको छ ।

सम्मान तथा पुरस्कारका साथ नगद राशि जनही पाँच हजार रुपैयाँ समेत प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्