site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस नेता बडूको प्रश्न– अहिले नै समाजवादी मोर्चा किन चाहियो ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले समाजवादी मोर्चा बनाएर आफूहरू पनि संगठित रहेको सन्देश दिन खोजिएको टिप्पणी गरेका छन् । 

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बडूले 'अहिले नै किन समाजवादी मोर्चा चाहियो ?' भन्ने प्रश्न भने विचारणीय रहेको बताए । 

सांसद बडूले राजनीतिक दृष्टिकोणबाट वातावरण बनाउन खोजिएको महसुस आफूलाई भएको बताए । 

"ठ्याक्कै यतिबेला यो किन महसुस भयो यो पनि एउटा विचारणीय पक्ष हो । एउटा राजनीतिक दृष्टिकोणले पनि मलाई लाग्छ, एउटा वातावरण बनाउन खोजेको होला । किनभने हामी पनि संगठित भएका छौँ, हाम्रो पनि तागत यति छ, भन्ने एउटा म्यासेज दिने एउटा उद्देश्य होला," उनले भने ।

सांसद बडूले  छरिएर बस्नु भन्दा एकत्रित हुनु राम्रो पक्ष भएको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro