site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलङ्कामा सडक दुर्घटनामा एक हजार ४३ जनाको मृत्यु

कोलम्बो । श्रीलङ्कामा यो वर्ष अहिलेसम्म कूल आठ ८७५ वटा सडक दुर्घटना भएका छन् । ती विभिन्न दुर्घटनामा एक हजार ४३ जनाको मृत्यु भएको छ ।

यातायातमन्त्री लासान्था अलागियावान्नाले दुर्घटनामा अधिकांश बस, मोटरसाइकल र तीनपाङ्ग्रे सवारीसाधन रहेको सोमबार सञ्चारमाध्यमलाई बताए ।

यसैबीच, दुर्घटना न्यूनीकरणका लागि सहकार्यात्मक कार्ययोजना अघि बढाइएको छ । पश्चिमाञ्चल प्रदेशमा मदिरा र लागुऔषध सेवन गरी सवारी चलाउने चालकको पहिचान गर्न मे १८ गतेदेखि पाइलट कार्यक्रम सुरु गरिएको मन्त्रीले बताए ।

सोमबारदेखि आइतबारसम्म पश्चिमाञ्चल प्रदेशमा लागुऔषध सेवन गरी सवारी चलाएको आशङ्कामा एक हजार ७८१ चालकको परीक्षण गरिएको मन्त्रीले जानकारी दिए ।

श्रीलङ्कामा सन् २०२२ मा करिब १९ हजार ७४० सडक दुर्घटना भएको थियो । जसमा दुई हजार ४८५ जनाको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro