site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धितोपत्र व्यापारीको इजाजत प्रक्रियामा गलत मनसाय राखेको छैन : अध्यक्ष हमाल
फाइल तस्बिर।

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत दिने प्रक्रियामा आफूले कुनै गलत मनसाय नराखी काम गरेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बोल्दै अध्यक्ष हमालले लाइसेन्स दिने प्रक्रियामा आफूले कुनै गलत मनसाय नराखी काम गरेको बताए । लाइसेन्स दिने प्रक्रियामा कहीँ गल्ती कमजोरी नभएको भन्दै उनले गल्ती कमजोरी हुन नदिने प्रतिवद्धता समितिमा जनाए ।

गल्ती भएको खण्डमा कारबाही गर्ने निकाय रहेको भन्दै गल्ती भए कारबाही भोग्न तयार रहेको उनले स्पष्ट पारे । व्यवस्थापन समितिले कागजात संकलन गरेपछि बोर्डले आशयपत्र दिने र ३० दिनभित्रमा सबैलाई लाइसेन्स दिनुपर्ने व्यवस्था भएकाले समितिले पत्र पठाए पनि समय अभावका कारण लाइसेन्स वितरण गरिएको प्रष्टीकरण उनले दिए ।

आशयपत्र दिएका ४३ मध्ये १८ ले मात्रै किन लाइसेन्स पाए भन्ने सन्दर्भमा अध्ययनको कमी भएको टिप्पणी गर्दै उनले आशयपत्र दिएर पूर्वाधार तयार पार्ने र मापदण्ड पूरा गर्ने सबैले लाइसेन्स पाउने बताए । कुनै पनि लाइसेन्सेको आशयपत्र र लाइसेन्स दिने क्रममा सम्पूर्ण जिम्मेवारी वहन धितोपत्र बोर्डको सञ्चालक समितिले गर्ने उनले बताए ।

लाइसेन्स दिने काम कुनै एकजना व्यक्तिले निर्णय गर्ने विषय नभएको भन्दै उनले धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत दिने प्रक्रियामा कागजपत्र हेर्ने काम व्यवस्थापनले गरेपछि मात्रै बोर्डले इजाजत दिने वा नदिने निर्णय गर्न बताए । सिन्डिकेट तोड्दा आवाज उठ्नु, घुसपैठ हुनु सामान्य विषय भएको भन्दै उनले त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए ।

आफूले धितोपत्र बोर्डको नेतृत्व लिएसँगै पँुजीबजारमा वैदेशिक रोजगारमा रहेकाहरुको लागि १० प्रतिशत नीतिले रेमिट्यान्स सेक्टरलाई चलायमान बनेको उनले बताए । 

अध्यक्ष हमालले घोराही सिमेन्टको आईपीओमा झुटो विवरण पेस गरेर आवेदन दिनेलाई कारबाही गर्ने पनि बताए । उनले सेयर निस्कासन भएपछि आवेदन दिँदा बद्मासी भएको थाहा पाएपछि आवेदन दिने प्रक्रिया रोकेको भन्दै झुटा विवरण पेस गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताए । 

बोर्डले तीन चरणमा कारबाही गर्ने जानकारी दिँदै उनले जसले आईपीओ निस्कासन गरेको हो, उसले नै व्यापक चलखेल गरेको उजुरीहरु आएकाले तत्कालै उक्त प्रक्रिया स्थगित गरेर छानबिन प्रक्रिया अघि बढाएको बताए ।

उनले आवेदन दिनेको पैसा बैंकले काटिसकेको अवस्थामा निर्णय गर्न समस्या हुने भएकोले सोमबार सार्वजनिक निस्कासन रोक्का गरेको बताए । उनले जनताको लगानी सुरक्षित बनाउने काम ‘अन्डर रेटिङ’ गर्ने निकायको भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro