देश
काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । केहीमा नदीमा ‘आकस्मिक’ बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीको जोखिम हुनसक्छ ।
यस्तै, आज र भोलि तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
अबका तीन दिन कोसी, नारायणी, कमला, वाग्मती, पूर्वी राप्ती, कर्णाली, पश्चिम सेती, महाकाली, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहने पूर्वानुमान छ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० ०९:३९
प्रतिक्रिया दिनुहोस्