site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल–भारत बीचको समस्या कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्छ : रवि लामिछाने

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले भारतले उसको संसद् भवनमा नेपाली भूभागसहित नक्सा राखेको विषय कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले नक्सा राखिएको विषयमा पार्टीको चासो रहेको बताए ।

उनले यही असार ७ गते सातै प्रदेशका ७७ वटा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी बजाउने अभियान रहेको जानकारी गराए । “सबै जिल्लामा ७७ पटक घण्टी बजाएर एकबद्धता जनाउने कार्यक्रम छ”, उनले भने । उनले पार्टीले आवश्यकताअनुसार सदन, टोल, बस्ती सबैतिर काम गर्दै जाने बताए ।

लामिछानेले सरकारले ल्याएको बजेटमा आफ्नो असन्तुष्टि रहेको बताए। उनले भने, “बजेट जुन ढंगले वितरण हुन्छ, त्यसको असर मेरो निर्वाचन क्षेत्रमा पनि परेको छ । श्रमदान गरेर बजेट खोजेर पनि कैयौँ आयोजनाहरू निर्माण गर्नेछौँ । दीर्घकालीन आयोजनाहरूका लागि स्थानीय सरकारको पनि जिम्मेवारी हुने भएकाले स्थानीय सरकारसँग पनि परामर्श गर्नेछौँ ।”

लमिछानेले स्थानीय विकासका कतिपय विषयमा संसद्को अधिकार क्षेत्रभन्दा बाहिर गएर कुरा राख्न नमिल्ने विचार राखे । उनले भने, “स्थानीय सरकारको अधिकारको विषयमा संघीय सांसदले बोल्नु हुँदैन ।”

चितवन–२ का सांसदसमेत रहनुभएका लामिछानेले रामनगरमात्र नभएर आफ्नो निर्वाचन क्षेत्रमा अन्य परियोजनाहरू सञ्चालन गर्नेबारे तयारीमा रहेको जानकारी दिए। उनले भने, “अध्ययन गरेपछि आवश्यक पर्ने काम गर्दै जानेछौँ ।

हामी आवश्यकताअनुसार काम गर्दै जानेछौँ । युवाहरूले प्रोत्साहन गर्ने ठाउँहरूमा पनि छौँ ।” लामिछानेले रामनगरमा खानेपानीको समस्या भएर नै श्रमदानमा पानीको आयोजना निर्माण गरेको बताए। रासस

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro