site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
औँला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव छैन : कार्यवाहक सभापति खड्का
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औँला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उनले कसैप्रति औँला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव नरहेको जिकिर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

"आफ्ना कमजोरी र गल्तीहरू सच्याएर अघि बढ्नसके मात्रै रुपान्तरण सम्भव छ," उनले भने । पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरूको रहेको उनको भनाइ छ ।

उनले पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तीव्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने बताए । पार्टीमा सबैले निष्ठाको संकल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको उल्लेख गरे । कार्यवाहक सभापति खड्काले पार्टीमा पनि समयसापेक्ष बदलाव आउने बताए ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement