site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशलाई पछाडि फर्काउनेविरुद्ध समाजवादी मोर्चा : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्रले राजनीतिक र सांस्कृतिक उपलब्धि समाप्त पारेर देशलाई पुरानै अवस्थामा फर्काउने प्रयास भइरहेको बताएका छन् ।

समाजवादी मोर्चाको घोषणासभालाई सम्बोधन गरेका जसपा अध्यक्ष यादवले यथास्थितिमा बस्न चाहने शक्तिहरु हावी हुँदै गएको भन्दै प्रगतिशील शक्तिहरु मोर्चाबद्ध हुन अवश्यक परेको बताए ।

“जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनसहितका आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पारेर पुरानै शोषणको अवस्थामा फर्काउने प्रयास भइरहेको छ,” यादवले भने, “यथास्थितिमा बस्न चाहने शक्तिहरुले परिवर्तनका विरुद्ध निर्माण गरेको जनमतविरुद्ध प्रगतिशील शक्तिहरु एक ठाउँ उभिनुपर्ने आवश्यकता सृजना भएको छ ।”

उनले देशका नागरिकतालाई नागरिकता दिँदा विभिन्न कोणबाट विरोध गर्ने, संघीय प्रणालीका विरुद्ध खर्चिलोसहितका कारण देखाएर विचार निर्माण गर्ने र सबै उपलब्धिविरुद्ध जनमत सृजना गरेर पुरानै शोषणको व्यवस्थामा फर्काउने काम भइरहेको उनको आरोप छ । उनले त्यसरी लाग्ने शक्ति को को हुन भनेर भने खुलाएका छैनन् ।

अध्यक्ष यादवले देशको शैक्षिक अवस्था, स्वास्थ्य क्षेत्र, संवैधानिक र कानुनी क्षेत्र धरासायी बनाउँदै लगिएको भन्दै सरकारमा भएर मात्र केही गर्न सकिने अवस्था नरहेको भनेर निरिहता प्रस्तुत गरे ।

“देशको शैक्षिक क्षेत्र धरासायी बनाइएको छ । स्वास्थ्य क्षेत्र, न्याय क्षेत्र, संवैधानिक अंग सबैलाई धरासायी बनाइएको छ,” यादवले भने, “यी सबै संस्थाहरुलाई धरासायी पारेर लोकतन्त्र र परिवर्तनको उपलब्धिहरुलाई जोखिममा पारिएको छ ।” सबै अंगको विषयमा प्रश्न उठाएका उनले कसका कारण त्यस्तो भयो भनेर खुलाएका छैनन् ।

उनले प्रगतिशील शक्तिहरुको मोर्चा र सहकार्य अत्यावश्यक भएको भन्दै विभिन्न कोणबाट परिवर्तनकामीहरुमाथि लगाइने आरोप र आक्षेपहरुलाई मोर्चाले व्यवहारबाट नै खण्डन गर्दै जाने बताए । मोर्चा गठनबाट कसैले पनि तर्सिनु आवश्यक नभएको भन्दै परिवर्तन विरोधीहहरु भने सचेत हुनुपर्ने उनले बताए ।

“केही साथीहरु समाजवादी मोर्चा गठन नहुँदै बडबडाउन थाल्नुभएको थियो । मिडियामा उहाँहरु बडबडाएको मैले देखेको छु,” यादवले भने, “यो मोर्चा परिवर्तन समाप्त पार्न लाग्नेहरुका विरुद्ध खरो रुपमा उभिनेछ । परिवर्तनका पक्षधर कसैले पनि डराउनुपर्ने छैन ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro