site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाको दस्तावेज पारित गर्न १७ सदस्यीय समिति गठन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापना दिवसका अवसरमा पार्टी कार्यालय बालाजुमा सार्ने निर्णय गरिएको छ । यही असार ७ गते नयाँ कार्यालयमा चियापान कार्यक्रम समेत आयोजना गरिने भएको छ ।

सोमबार बसेको केन्द्रीय समिति र सांसदहरूको संयुक्त बैठकमा असार ७ गते मनाइने पार्टी स्थापना दिवसको तयारीका बारेमा छलफल गरिएको महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

ढकालका अनुसार पार्टीको दस्तावेज पारित गर्न १७ सदस्यीय समिति पनि गठन गरिएको छ ।

“विभाजित सातवटा समूहबाट प्रतिनिधि हुने गरी इच्छुकहरूमध्येबाट कुल १७ जनाको प्रतिनिधिमण्डल बनाई पहिलो ड्राफ्टमा परेका संशोधन एवं आवश्यक छलफल गरी दोस्रो ड्राफ्ट तयार गर्ने र फेरि नीति, विचार कार्यशाला गर्ने निर्णय भएको छ,” उनले भने ।

महामन्त्री ढकालका अनुसार आउँदो भदौ दोस्रो सातासम्म दस्तावेजको अन्तिम ड्राफ्ट सभापतिलाई बुझाउने तयारी छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro