site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामसङले ल्यायो एयरड्रेसर, ९९.९ प्रतिशत ब्याक्टेरिया हटाई कपडा सफा राख्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङले नेपाली बजारमा आफ्नो नयाँ एयरड्रेसर सार्वजनिक गरेको छ ।

एयरड्रेसरमा रहेको जेटस्टिमले लुगालाई स्यानिटाइज गर्नुका साथै इन्फ्लुएन्जा, एडेनोभाइरस र हर्पिज भाइरसलगायत ९९.९ प्रतिशत भाइरस र ब्याक्टेरियालाई निर्मूल पार्ने सामसङ नेपालको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो एयरड्रेसरले धुलो, प्रदूषक र कीटाणुहरू हटाउन शक्तिशाली हावा र बाफ प्रयोग गर्दछ । लक्जरी लिभिङ र कार्यालयहरूमा सजिलो र सुविधाजनक कपडाको हेरचाह र स्यानिटाइज गर्ने कम्पनीले जनाएको छ ।

एयरड्रेसरले कपडाको हेरचाहको एक नयाँ प्रविधि प्रस्तुत गर्दछ, जसले दैनिक आधारमा लुगाहरूलाई  रिफ्रेस, डिओडोराइजिङ गर्नेलगायत उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्ने विश्वास कम्पनीको छ ।

Global Ime bank

यो एयरड्रेसर सामसङ स्मार्ट प्लाजा र यसको ई–स्टोरमा दुई लाख ५० हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसले कपडा फ्रेस राख्नुका साथै समय र पैसाको पनि बचत गर्ने र लगातार धुने वा ड्राई क्लिनरको कटौती गर्ने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय