site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ट्रेड युनियन कांग्रेसको महाधिवेशन भोलिदेखि
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन सोमबारदेखि सुरु हुँदै छ ।

ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी गराएको हो ।

Dabur Nepal
NIC Asia

पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानतः ७७ वटै जिल्ला, सातवटै प्रदेश र २७ वटै आबद्ध राष्ट्रिय संघको अधिवेशन सम्पन्न गरी सातौँ महाधिवेशन गर्न लागेको जानकारी दिए ।

उनले ट्रेड युनियन कांग्रेसले आफ्नो विधानमार्फत युवा र महिलाको सहभागितालाई बढाएको बताउँदै जिल्ला, प्रदेश र आबद्ध सङ्घमा महिला र युवा सहभागिता बढाउन लागेको बताए ।

ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले वर्तमान समयमा श्रमिकका मुद्दा थप चुनौतीपूर्ण बन्दै गएकाले यस महाधिवेशनले श्रमिकको मुद्दालाई व्यापकरूपमा उठाउने बताए ।

ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले महाधिवेशनले नेपाली श्रमिकका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्ने बताए । उनले ट्रेड युनियन कांग्रेसको गत वर्ष सम्पन्न राष्ट्रिय सम्मेलनबाट महासङ्घको अध्यक्षलगायत ४९ पद र महिला समिति तथा युवा समिति चयन गरेर सम्पन्न हुने जानकारी दिए ।

ट्रेड युनियन कांग्रेस सातौँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले आगामी दिनमा ट्रेड युनियन कांग्रेसलाई थप बलियो र सशक्त बनाउनका लागि सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन सङ्गठन निर्माण गर्ने जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu