site stats
बाह्रखरी :: Baahrakhari
खेल
हाम्रो मध्यम क्रमको बलिङ राम्रो हुन सकेन : रोहित पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफूहरूले आजको खेलमा राम्रो बलिङ गर्न नसकेको बताएका छन् ।

पोस्ट म्याच प्रिजेन्टेसन क्रममा रोहितले मध्यम क्रमको बलिङ राम्रो हुन नसकेको बताए ।

"हामीले आज राम्रो बलिङ गर्न सकेनौँ । विशेष गरी मध्यम क्रमको बलिङ राम्रो हुन सकेन । जिम्बाब्वेबाट राम्रो ब्याटिङ भयो । हामीले प्रस्तुत गरेको लक्ष्य राम्रै हो," उनले भने ।

उनले समग्रमा आजको खेलमा खेलाडीहरूले राम्रै खेलेको र अब अर्को खेलको तयारीमा लाग्ने बताए ।

आइतबार कप्तान क्राइग एर्भिन र सिन विलियम्सको शतकप्रेरित खेलमा जिम्बाब्वेले आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो । 

सम्बन्धित समाचार

 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २०:१५
प्रतिक्रिया दिनुहोस्