site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिशोधको भावना भएको देखिरहेको छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले सरकार निर्मम हुन जरुरी रहेको बताएका छन् । शनिबार (जेठ २४) भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भनेर मात्र नहुने उनले उल्लेख गरे । व्यवहारमा त्यो देखिनुपर्नेमा उनले जोड दिए ।

Argakhachi Cement Island Ad

प्रतिशोधको भावना लिएर नहुने उनले बताए । कसैलाई मुद्दा लगाउने र छोड्ने भन्ने नहुने उनको भनाइ थियो ।

“सरकार निर्मम हुन जरुरी छ । भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भनेर मात्रै हुँदैन । त्यो देखिनुपर्‍यो,” सांसद कोइरालाले भने, “प्रतिशोधको भावना लिएर हुँदैन । कसैलाई गर्ने, कसैलाई नगर्ने भन्ने हुँदैन । यहाँ प्रतिशोधको भावना भइरहेको देखिरहेको छु ।”

सुशासन ल्याउन कसले रोकेको छ ? भन्दै उनले प्रश्न गरे । उनले भ्रष्टाचार निर्मूल र दण्डहीनता अन्त्य गर्नुपर्ने बताए । “सुशासन बनाउन सकिँदैन ? कसले रोकेको छ ? डेलिभरी दिन सकिँदैन ? कसले रोकेको छ ? गर्न सकिन्छ, हामी सक्छौँ भन्ने आँट तपाईं हामीमा छ,” उनले भने ।

काम गर्नेतिरभन्दा अरू विषयमा ध्यान केन्द्रित भइरहेको उनले बताए । रोजगारी सिर्जना गर्ने काममा लाग्नुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्