site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल जिम्बाब्वेसँग पराजित

काठमाडौं । कप्तान क्राइग एर्भिन र सिन विलियम्सको शतकप्रेरित जिम्बाब्वेले आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । 

आइतबार जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा दुई ब्याटरले शतक बनाउँदा जिम्बाब्वेले नेपालले प्रस्तुत गरेको २९१ रनको लक्ष्य ४४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

जिम्बाब्वेका जितमा उत्कृष्ट ब्याटिङ गरेका कप्तान एर्भिनले अविजित १२१ रन बनाए । नेपाली बलरलाई दबाबमा राखेका ओपनर एर्भिनले १२८ बलमा १५ चौका र एक छक्का प्रहार गरे ।

Nepal vs Zim (1)1687098904.jpg

एर्भिनसँगै शतक बनाएका सिन विलियम्सले अविजित १०२ रन बनाए । ७० बलमा शतक पूरा गरेका विलियम्स जिम्बाब्वेका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी बने । आक्रामक रूपमा प्रस्तुत भएका विलियम्सले ७० बलमा १३ चौका र एक छक्का प्रहार गरे ।

यी दुईले तेस्रो विकेटका लागि अविजित १६४ रनको साझेदारी गर्दै जिम्बाब्वेलाई जितसम्म डोहोर्‍याएका थिए । यसबाहेक वेस्ली मधेभेरेले ३२ र ओपनर जोयलर्ड गम्बीले २५ रन थपे ।

जिम्बाब्वेविरुद्ध नेपालको कुनै पनि बलरले दबाब बनाउन सकेनन् । नेपालका सोमपाल कामी र गुल्सन झाले समान एक विकेट लिए । 

Nepal vs Zim (3)1687098903.jpg

त्यसअघि आसिफ र कुशलले कीर्तिमानी साझेदारी गरेपछि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २९० रनको योगफल खडा गरेको थियो । 

नेपालका ओपनिङ जोडी आसिफ र भुर्तेलले जिम्बाब्वेविरुद्ध १७१ रनको सानदार साझेदारी गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च साझेदारी हो ।

यसअघि २०२३ को फेब्रुअरीमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले नामिबियाविरुद्ध १३९ रनको साझेदारी गर्नु नै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मको उच्च साझेदारी थियो ।

शतक बनाउनबाट एक रनले चुकेका भुर्तेल ९९ रनमा आउट भए । उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रविरुद्ध अर्धशतक बनाउने पहिलो ब्याटरसमेत बने । उनले ९५ बलमा १३ चौका र दुई छक्का प्रहार गरे । 

Nepal vs Zim (2)1687098903.jpg

कुशल चौथो ओभरमा एक रनमा खेलिरहँदा क्याच आउट हुनबाट बचेका थिए । रिचार्ड एन्गाराभाले गरेको बलको चौथो ओभरको चौथो बलमा सिकन्दर राजाले कुशलको क्याच छुटाएका थिए । 

कुशललाई पहिलो विकेटका लागि साथ दिएका अर्का ओपनर आसिफले ६६ रन बनाए । आसिफले १०० बलमा सात चौका प्रहार गरे ।

नेपालले ३१.५ ओभरमा पहिलो विकेटको रूपमा भुर्तेललाई गुमाएको थियो । भुर्तेल ९९ रनमा रहँदा वेलिङ्टन मसाकाड्जाबाट बोल्ड भए । लगत्तै नेपालले ३३.५ ओभरमा अर्का ओपनर आसिफलाई गुमाएको थियो । आसिफ मसाकाड्जाकै बलमा र्‍यान बलबाट क्याच भए । 

यसबाहेक नेपाली टिमको खातामा कुशल भुर्तेलले ४१ रन थपे । कुशलले ४२ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले २९ बलमा पाँच चौकासहित ३१ रन थपे । आरिफ शेखले ११ बलमा १० रन थपे । गुल्सन झाले १३ रन थप्दा दीपेन्द्रसिंह ऐरी ६ रनमा र भीम सार्की ‘गोल्डेन डक’ भए । करण केसी दुई रनमा र सोमपाल कामी शून्यमा अविजित रहे ।

नेपालले ४२औँ ओभरको चौथो बलमा पेनाल्टीबापत पाँच रन पाएको थियो । जिम्बाब्वेका विकेटकिपरले फिल्डिरले दिएको बल समाउँदा एक हातको ग्लोभ्स खोलेका थिए । तर, बल समाउदा खोलेको ग्लोभ्समा लागेपछि नेपालले पाँच रन पेनाल्टीबापत पाएको थियो ।

Sompal1687094778.jpg

जिम्बाब्वेका रिचार्ड एन्गाराभाले चार विकेट लिए । नौ ओभर बलिङ गरेका एन्गाराभाले एक मेडन राख्दै ४३ रन खर्चिए । वेलिङ्टन मसाकाड्जाले दुई र टेन्डाई चतरा रसमान एक विकेट लिए ।

छनोटमा नेपाल र जिम्बाब्वे समूह ‘ए’ मा छन् । यस समूहमा यी दुई टिमसँगै नेदरल्यान्ड्स, अमेरिका र वेस्टइन्डिज छन् ।

नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro