site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीले बगाएको हेवाखोलामा बेलिब्रिज राखिने

काठमाडौं । मेची राजमार्गको हेवाखोलामा बेलिब्रिज राखिने भएको छ ।

गए रातिदेखिको अविरल वर्षा र बाढीले आज बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायको जिम्मेवारी तथा उपकरणको विवरण तय भइसकेको र बेलिब्रिज पठाउन लागिएको जानकारी दिए ।

हेवाखोलामा सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलिब्रिज पठाउन लागिएको गृह मन्त्रालयले जनाएको छ ।

विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आजै बेलिबिज्र पठाउने तयारी भइरहेको जानकारी दिए । बाढीले पुल बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । रासस

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्