site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अर्धशतक बनाएका आसिफ आउट

काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध नेपालले ओपनर आसिफ शेखलाई दोस्रो विकेटको रुपमा गुमाएको छ ।

हरारेस्थित हरारे स्पोर्ट्स मैदानमा टस हारेपछि ब्याटिङमा आएको ३३.५ ओभरमा आसिफ शेखलाई ६६ रनमा आउट भए । आसिफले १०० बलमा सात चौका प्रहार गरे ।

त्यसअघि, नेपालले अर्का ओपनर कुशल भुर्तेललाई ९९ रनमा गुमाएको थियो ।

भुर्तेल र आसिफले पहिलो विकेटका लागि १७१ रनको कीर्तिमानी साझेदारी गरे । यो नेपालबाट आसिफ र कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटका लागि अहिलेसम्मकै उच्च साझेदारीसमेत हो ।

यसअघि, पहिलो विकेटका लागि यही जोडीले सन् २०२२ को जुन १४ मा ओमानविरुद्ध ११४ रनको साझेदारी गरेका थिए ।

हाल नेपालले ३० ओभरमा दुई विकेट गुमाएर १७४ रन बनाएको छ । हाल क्रिजमा रहेका कुशल मल्ल दुई र कप्तान रोहितकुमार पौडेल शुन्यमा खेलिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro