site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एसएसपी पाल निलम्बित

काठमाडौं । महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन् ।

प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा गृह मन्त्रालयले हिजोदेखि लागु हुने गरी पाललाई निलम्बिन गरेको पत्र आज आइपुगेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए ।

पालविरुद्ध महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप छ । उक्त घटनापछि पाललाई प्रहरी प्रधान कार्यालय तानिएको थियो । पालमाथि अहिले अनुसन्धान भइरहेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २१:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro