site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे बैंकले पायो इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड, २०२३’ पाएको छ । बैंकले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा योगदान पुर्‍याएको भन्दै ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड – म्यासिमाइजिङ कस्टोमर इङगेजमेन्ट जोल’ पुरस्कार प्राप्त गरेको हो ।

बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल इन्डिया, बेङ्लोरले उक्त अवार्ड प्रदान गरेको हो ।

पछिल्ला दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको बताइएको छ । इन्फोसिस फिनाकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष विश्वभरिबाट २०० भन्दा बढी कम्पनीहरू विभिन्न विधाहरूमा मनोनयनमा परेका थिए ।

माछापुच्छ्रे बैंकले हाल १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा र २०३ एटीएममार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro