site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नयाँ खिम्तीमा १३२ केभीको सबस्टेसन सञ्चालनमा

काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१३, साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । 

रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सबस्टेसनमा ३० एमभीए क्षमताका दुई वटा र ३३/११ केभी, ६/८ एभीए क्षमताको एक वटा पावर ट्रान्सफर्मरहरू राखिएका छन् । स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ३३ केभीका पाँच वटा र ११ केभीका तीन वटा फिडर लाइनहरू निकालिएका छन् । 

३३ केभीका फिडरलाई बिहीबार चार्ज गरी रामेछापको मन्थली, दोरम्बा र दोलखाको केही भागमा विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । ११ केभीको एउटा फिडर लाइनमार्फत खिम्ती ग्रामीण विद्युत् सहकारीलाई आपूर्ति दिइने छ । उक्त सहकारी दोलखा र रामेछापको केही क्षेत्रमा विद्युतीकरण गरेको छ । 

दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेसन निर्माण गरेको थियो । तर, सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि कुनै व्यवस्था नभएपछि नेपाल विद्युत् प्राधिकरणले १३२/३३/११ केभीको सबस्टेसन पूर्वाधार बनाएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्