site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चाबारे बाबुरामले भने– बाहिर चलेका हल्लामा नबगौँ
Argakhachi Cement Island Ad

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चाबारे बाहिर चलेका हल्ल्लाको पछि नलाग्न आग्रह गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उनले देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई अग्रगमनको दिशामा लैजानका लागि बृहत समाजवादी मोर्चा निर्माण गर्न गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी बनेको बताए । 

समाजवादी मोर्चामा भट्टराई नरहने चर्चा चलेपछि उनले प्रष्टीकरण दिएका हुन् । “प्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हालैको भारत भ्रमण, संघीय बजेट लगायतका शान्ति प्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी !,” प्रधानमन्त्री प्रचण्डसँगको भेटेको तस्बिर समेत राखेर उनले समाजिक सञ्जालमा लेखेका छन्, “देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि वृहत समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति,कार्यक्रम,संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी ! बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह ! ” 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्