site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजवादी मोर्चा आज घोषणा नहुने, लेफ्ट फन्ट बनाउन सहयोग गर्ने विश्वास 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले समाजवादी मोर्चामा सामेल हुने निर्णय गरेको छ । 

आज बसेको केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पहिले नै गरिएको निर्णय बैठकले अनुमोदन गरेको जानकारी दिए । उनले मोर्चाले समाजवादी विचार धारको प्रचार गर्ने बताए । 

“यसले संसद्‌मा र संसद् बाहिर पनि समाजवादी विचार धाराको प्रचार गर्नेछ,” उनले भने, “समाजवादका पक्षमा जनमत निर्माण गर्ने । देशको सुशासन, राजनीतिक स्थिरताको पक्षमा वकालत गर्छ ।” 

मोर्चाले समाजवादको पक्षमा वकालत गर्नेहरूलाई एक ठाउँमा उभ्याएर लेफ्ट फन्ट बनाउन सहयोग पुर्‍याउने खतिवडाले बताए । प्रदेश र जिल्लामा पनि मोर्चा बनाइने उनको भनाइ छ । 

मोर्चामा नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी रहने र त्यसमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी पनि आवद्ध हुन छलफल भइरहेको खतिवडाले बताए । 

उनले अन्य दलहरूले पनि पार्टी बैठकबाट निर्णय गर्नुपर्ने भएकाले मोर्चा घोषणा हुन केही दिन लाग्ने पनि बताए । मोर्चा आजै घोषणा हुने चर्चा चलेको थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro