site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको स्पष्टीकरण– आरोप प्रमाणित भए तत्काल राजीनामा दिन्छु
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथिका आरोप प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदले उनीविरुद्धका उजुरीबारे प्रश्न गरेका थिए । जवाफमा उनले आरोपका खण्डन गर्दै आफू न्यायपालिकाको शुद्धताको कुरा गर्ने मान्छे भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“ममाथि लगाइएका जुन कुरा आए, त्यो कुरा प्रमाणित जुनसुकै बेला भएको अवस्थामा पदबाट तत्काल राजीनामा दिन्छु । कुनै पनि आरोप सत्यतामा आधारित छ भने प्रमाणित भएको भोलिपल्ट नै राजीनामा दिएर निस्किनेछु । होइन भने जे यथोचित हुन्छ, त्यो कदम चाल्नेछु,” उनले भने ।

बहालवाला न्यायाधीशको विषयमा धेरै भन्न सक्दिनँ
उनीविरुद्ध उजुरी गर्नेमा बहालवाला जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई समेत थिए । त्यसबारेमा पनि सांसदले प्रश्न सोधेका थिए ।

Global Ime bank

जवाफमा उनले भने, “बहालवाला न्यायाधीशको विषयमा धेरै जवाफ दिन सक्ने अवस्थामा छैन । त्यसको पनि नियमनकारी निकाय छ । न्यायपरिषद् छ । त्यसको म अध्यक्ष मात्रै होइन, अरू चारजना हुनुहुन्छ । उहाँलाई स्वच्छ न्याय परेको छ भन्ने पनि दिलाउनुपर्छ । नियमनकारी निकायले गम्भीरतापूर्वक लिन्छ । योभन्दा बढी भन्न सक्दिनँ ।”

कसैको ‘इगो हर्ट’ भएको र कसैले मुद्दा हारेका कारण आफूविरुद्ध उजुरी दिएको जिकिर समेत उनले गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC