site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिलिपिन्सविरुद्ध नेपालको पहिलो रोजाइ सार्वजनिक, लाकेन र विमलको 'डेब्यू' 
फाइल तस्बिर ।

काठमाडौं । फिलिपिन्सविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ । 

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले नेपाली आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् । 

नेपाली टिमबाट मिडफिल्डर लाकेन लिम्बू र रक्षक विमल पान्डेले 'डेब्यू' गरेका छन् । लाकेन थ्री स्टारबाट र विमल त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । 

Dabur Nepal
NIC Asia

खेल नेपाली समयानुसार आज अपराह्न ४:४५ बजेदेखि सुरु हुने छ ।

साफ च्याम्पियनसिपको तयारी र मैत्रीपूर्ण खेलका लागि नेपाली टिम जेठ २९ गते फिलिपिन्स गएको थियो । फिलिपिन्समा एउटा मैत्रीपूर्ण खेलपछि नेपाली टिम भारतमा हुने च्याम्पियनसिपका लागि प्रस्थान गर्ने छ ।

त्यसपछि नेपाली टिम फिलिपिन्सबाटै च्याम्पिनयसिपका लागि भारतको बैङ्ग्लुरु प्रस्थान गर्ने छ । प्रतियोगिता असार ६ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने छ ।

नेपालले असार ६ गते कुवेतसँग, असार ९ गते भारतसँग र असार १२ गते समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्ने छ ।

नेपाली टिम 
किरण चेम्जोङ (कप्तान), विमल पान्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, पुजन उपरकोटी, एरिक बिस्ट, लाकेन लिम्बू, आयुश घलान, नवयुग श्रेष्ठ, अञ्जन बिस्ट ।

111686823462.jpg

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro