site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आज, अनुमोदन भए नियुक्तिका लागि योग्य 
फाइल तस्बिर

कठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि आज (बिहीबार) बोलाएको छ ।  

बुधबार समितिमा उजुरीकर्तामध्ये सातजनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा उजुरीबारे स्पष्ट पारेका थिए । 

समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार कार्कीलाई आज बिहान ८ बजे समितिमा बोलाइएको छ । समितिमा कार्कीले कार्ययोजना प्रस्तुत गर्नेछन् । 

समितिले अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन् । समितिको अनुमोदनसँगै उनलाई राष्ट्रपतिले नियुक्त गर्ने छन् । हाल कार्की नै कामु प्रधानन्यायाधीश छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro