site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसी प्रदेश : नीति तथा कार्यक्रम आयो, कार्यान्वयनमा कठिनाइ
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको छ । तर, कार्यक्रममाथिको छलफलको भने टुंगो छैन ।

प्रदेशसभामा बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

सभाको दोस्रो बैठकमा प्रमुख दलका नेता तथा सांसदले आफ्नो धारणा राखेका छन् । तर, नीति तथा कार्यक्रमबारे सांसदले छलफल गरेनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राप्रपाका सांसद अमरबहादुर विष्टले छलफलको कार्यसूची नभएपनि नीति तथा कार्यक्रमको सकारात्मक पक्षबारे बोले । दोस्रो सत्रको बैठक सम्पन्न गर्दै सभामुख बाबुराम गौतमले विहीबारको लागि अर्को बैठक बोलाएका छन् । तर, विहीबारको बैठक बस्ने नबस्ने टुंगो छैन ।

एमाले नेतृत्वको सरकारले बजेट अधिवेशन अन्त्यको सिफारिस प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने अधिक संभावना छ । सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको छ । बुधबार प्रस्तुत भएको नीति तथा कार्यक्रम पनि जेठ २४ गते नै सदनमा प्रस्तुत गर्ने सरकारको तयारी थियो । तर, २३ गते नै नेकपा (माओवादी) केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार पछि हटेको थियो ।

Global Ime bank

सदनमा बोल्दै सत्तारुढ नेकपा (एमाले)का प्रमुख सचेतक रेवतीरमण भण्डारीले “कुन सरकारले अध्यादेश ल्याएको छैन र ?” भन्ने प्रश्न गर्दै सरकारले अध्यादेशको तयारी गरेको प्रस्ट संकेत गरेका छन् । संसदीय मामिला पत्रकारहरूसँगको भेटमा पनि भण्डारीले सरकारले अध्यादेशमार्फत नै बजेट ल्याउन सक्ने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रम सदनबाट पारित हुने संभावना देखिएको छैन । तर, प्रमुख राजनीतिक दलका नेताहरूले भने अल्पमतमा परेको सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा जान नसक्ने टिप्पणी गरेका छन् ।

विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले अल्पमतमा परेको सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन नै नहुने अवस्था रहेको भन्दै टिप्पणी आवश्यक नभएको बताएका हुन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद केदार कार्कीले अल्पमतमा परिसकेको सरकारले ल्याएको कार्यक्रमको अर्थ नरहेको र यो छलफल नै भएपनि पारित हुने अवस्था नरहेको सुनाए ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको धारा १८४ लाई छल्न मात्र नीति–कार्यक्रम आएको बताउँदै भने, “प्रदेशबासीको अपेक्षा पूरा गर्न नसक्ने नीति तथा कार्यक्रमले के ल्यायो भनेर हेर्नै पर्दैन ।”

नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्रकुमार राईले अल्पमतमा परेको सरकारबाट आएको पुरानै विषयहरूको ठेली भएको प्रतिक्रिया दिए । “समय कटाउने मेलो मात्रै भयो । अब अर्को नीति तथा कार्यक्रम बन्छ र आउँछ,” राईले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  २०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement